काठमाडौं । विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भन्दै माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ।
प्रचारप्रसार गरिएजस्तो माननीय अर्थमन्त्रीज्यूले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गर्नु नभएको अर्थमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।
विद्युत् भ्याट सन्दर्भमा माननीय अर्थमन्त्रीज्यूले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राख्नुभएको धारणाअनुसार यस विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको समेत सचिवालयले स्पष्ट पारेको छ ।





























