nada long banner ad

हिमालयन बैंकद्धारा ८ लाख ५० हजार १२४ कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्तामा विक्री गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ८ लाख ५० हजार १२४ दशमलव ५७ कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्तामा विक्री गर्ने भएको छ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्रीका लागि ३५ दिने सूचना जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।

विभिन्न चार जना शेयरधनीहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक खरीदकर्ताृहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

यी शेयर विक्रीका लागि कम्पनीले असोज ५ गते सूचना जारी गरेको हो ।