काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा विकास ढुंगाना नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बैठकले १७ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका ढुंगानालाई डेपुटी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
ग्रीन डेभलपमेन्ट बैंकमा प्रवेश गर्नुअघि ढुंगाना कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए ।
ढुंगानाको नियुक्तिसँगै बैंकले आफ्नो आन्तरिक कार्यशैली, सेवा प्रवाह तथा समग्र कार्यसम्पादनमा सकारात्मक सुधार आउने अपेक्षा गरेको छ ।
बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका ढुंगानाको उपस्थितिले संस्थागत विकासलाई थप गति दिने बैंकको विश्वास छ ।





























