nada long banner ad

महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८३÷०५÷१० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ ।

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधनको क्षेती पुगेको छ । यस विषम परिस्थितीलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल रु. ५१ लाख सहयोग गरिएको हो ।

यस विपत्तिको घडिमा जीवन गुमाएका भएका सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरु प्रति बैंक  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै साथै शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थय लाभको समेत कामना गर्दछ ।

महालक्ष्मी विकास बैंकले विपतको यस कठिन घडिमा प्रभावित परिवार तथा समुदाय प्रति ऐक्यबद्धता ब्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थपनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुबाट भइरहेको प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछ ।