काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वैशाख ९ गते पारित गरेको ८ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले भदौ ११ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
गत चैत २५ गते दिनसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि चैत २६ गते एक दिन बुक क्लोज गरेको थियो ।
चैत २५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएृका शेयरधनीहरुको हकमा कर्जा प्रवाह गर्ने कम्पनीको नाममा रोक्का राखी बोनस शेयर जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गराउन समेत कम्पनीले आग्रह गरेको छ ।
यस वर्ष कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शुन्य दशमलव ४७ प्रतिशत नगद लाभांश समेत दिएको छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।





























