nada long banner ad

नाडाले बाढी प्रभावितलाई १० लाख आर्थिक सहयोग गर्ने,भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने

नाडाद्धारा देशको आर्थिक संरचनालाई सशक्त बनाउन  र नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता

काठमाडौं  । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल गहिरो दुःख व्यक्त गरेकोछ।

एसोसिएसनले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकोछ। साथै, बाढीमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकोछ ।

‘यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिने र उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा हामी दृढतापूर्वक विश्वास गर्छौं ।’ विज्ञप्तिमा उल्लेख गरिएकोछ । नाडा सधैं सरकारको पक्षमा, सरकारसँगै उभिने संस्था रहिआएको जनाउदै नाडाले यस विपद्मा पनि त्यही प्रतिबद्धता जाहेर गरेकोछ । नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन हार्दिक आह्वान समेत गरेकोछ ।

विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडा हार्दिक कृतज्ञता व्यक्त गरेकोछ।

‘विशेष गरी, सम्माननीय प्रधानमन्त्री बालेन्द्रज्यू र माननीय गृहमन्त्री सुदन गुरुङज्यूले प्रभावित जिल्लाहरूका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्नुभएको, उद्धार तथा राहत उडानहरूको समन्वय व्यक्तिगत रूपमा गरिरहनुभएको र विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको भन्दै निजी क्षेत्रलाई समेत यस कार्यमा साथ दिन गर्नुभएको आह्वानप्रति नाडा उच्च कदर गर्दछ’ विज्ञप्तिमा भनिएकोछ ।

गृहमन्त्रीज्यूको यही आह्वानअनुरूप नाडा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहने र नाडा देशको आर्थिक संरचनालाई सशक्त बनाउन  र नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकोछ।

नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषूमा रु। १० लाख आर्थिक सहयोग पठाउने निर्णय लिइएको पनि जनाएकोछ ।

नाडाले यो विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास लिदै यस कार्यमा जुट्न सबैमा हार्दिक अपिल गरेकोछ ।

साथै, यो महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको भएकाले

आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जानकारी समेत गराएकोछ ।