काठमाडौ । शेयरबजार परिसूचक नेप्से आज सामान्य अंकले बढेकोछ । आज मंगलबार नेप्से शून्य दशमलव ७९ अंकले बढेर २ हजार ६४१ दशमलव ८५ विन्दुमा कायम भएको हो ।
आज ३४० कम्पनीका सेयर कारोबार हुदा १३३ कम्पनीका सेयरमूल्य बढेका छ भने १२२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । २० कम्पनीको सेयरमूल्य भने स्थिर रहेका छन् ।
आज कुल ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ५२ हजार ७३ कारोबारबाट ४ अर्ब ११ करोड ९ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको हो ।
आज वाणिज्य बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।
सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ५० प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक, वित्त, उत्पादनशील तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक भने नकारात्मक रहेका छन् ।
सबैभन्दा धेरै व्यापार समूहको परिसूचक शून्ष् दशमलव ७७ प्रतिशतले घटेको छ । यसदिनअपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, राष्ट्रिय वाणिज्य बैंकको डिवेञ्चरमा लगानीकर्ता, लक्ष्मी उन्नति कोष, हिम स्टार उर्जा कम्पनी तथा अपर हेवाखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने महिला लघुवित्त वित्तीय संस्था, प्राइम डिवेञ्चर, सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।
सेयर कारोबार रकमका आधारमा सोलु हाइड्रापावर कम्पनीको ४४ करोड ८७ लाख ६० हजार ५९० रुपैयाँ बराबरका सेयर कारोबार भएर शीर्ष स्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएकोछ ।





























