nada long banner ad

याडिया नेपालद्वारा नयाँ GS70, GT70 र GT80 सार्वजनिक: स्मार्ट विद्युतीय गतिशीलताको नयाँ युगको सुरुवात

काठमाडौं । नेपालका लागि YADEA को आधिकारिक वितरक कुजु नेपाल प्रालिले अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नयाँ पुस्ताका GS70, GT70 र GT80 विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ।

ग्लोबल नम्बर १ विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले नवीन प्रविधि र दिगो यातायात समाधानमार्फत सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकका लागि यी तीन फरक मोडलहरू बजारमा ल्याएको हो।

यी नयाँ मोडेलहरू ग्राहकका फरक–फरक आवश्यकता अनुसार डिजाइन गरिएका छन्। दैनिक सहरी यात्रालाई सहज, भरपर्दो र किफायती बनाउन ल्याइएको YADEA GS70 मा २.१ kWh LFP ब्याट्री र २.८ kW पिक मोटर रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा १०५ किलोमीटरसम्मको रेन्ज दिन्छ।

त्यसैगरी, लामो दूरीको यात्रा गर्न चाहने ग्राहकका लागि तयार पारिएको YADEA GT70 मा ५.७ kWh डुअल LFP ब्याट्री प्रणाली (३.६ kWh फिक्सड + २.१ kWh रिमुवेबल ब्याट्री) र ३.७ kW पिक मोटर राखिएको छ, जसले २२० किलोमीटरसम्मको यात्रा गराउनुका साथै रिमुवेबल ब्याट्रीले चार्जिङलाई निकै सहज बनाउँछ।

त्यस्तै, प्रिमियम सेग्मेन्टको YADEA GT80 मा ३.६ kWh लिथियम ब्याट्री र ५ kW पिक मोटर छ, जसले ८० किमि प्रतिघन्टाको उच्च गति र १५० किलोमीटरसम्मको रेन्ज प्रदान गर्दछ।

नयाँ YADEA सिरिजलाई थप आधुनिक र सुरक्षित बनाउन अत्याधुनिक प्रविधिहरू समावेश गरिएको छ। यी स्कुटरहरूमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, YADEA स्मार्ट एप कनेक्टिभिटी, पाँचजनासम्म प्रयोग गर्न सकिने Family Sharing सुविधा र स्मार्ट Keyless प्रणाली जस्ता स्मार्ट फिचरहरू रहेका छन्।

साथै, जुनसुकै सडक र भौगालिक अवस्थामा पनि उत्कृष्ट नियन्त्रण, स्थिरता र सुरक्षित यात्रा सुनिश्चित गर्न Traction Control System (TCS), Cruise Control, Hill Hold Control, Hill Descent Control र Dual Disc Braking System जस्ता सुरक्षा प्रविधिहरू जडान गरिएको छ।

आफ्नो अत्याधुनिक ब्याट्री प्रविधि र उत्पादनको गुणस्तरप्रति पूर्ण विश्वास व्यक्त गर्दै कम्पनीले यी तीनै मोडेलहरूमा ३ वर्ष वा ५०,००० किलोमीटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ।

हाल नेपालभर रहेका २० वटा आधिकारिक YADEA डिलरशिपमार्फत यी स्कुटरहरू बिक्रीका लागि उपलब्ध भइसकेका छन् भने कम्पनीले देशव्यापी रूपमा सेवा विस्तार गर्ने योजना बनाएको छ।

लन्चको विशेष अवसरमा कुजु नेपालले NAIMA Auto Show सम्पन्न नहुँदासम्म तीनै मोडेलको खरिदमा रु. १०,००० को विशेष छुट प्रदान गरिरहेको छ।

इच्छुक ग्राहकहरूले काठमाडौँको टडालमा रहेको कुजु नेपाल वा नजिकैको शोरुममा गइ नयाँ मोडेलहरूको अवलोकन, टेस्ट राइड, फाइनान्सिङ सुविधा र स्वामित्वसम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन्।