काठमाडौं । शेयरबजार परिसुचक नेप्सेमा आज सामान्य अंकले बृद्धि भएकोछ । लगातार दुई दिन घटेको सेयरबजार परिसूचक नेप्से ४।७९ अंकले बढेर २ हजार ६६७।९७ विन्दुमा कायम भएको हो ।
आज सेयरबजारमा ३५० कम्पनीका सेयर कारोबार भएका हुदा १२२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा १ करोड ६७ हजार ७३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज सेयरबजारमा सूचीकृत समूहमध्ये होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील तथा प्रशोधन, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १।६० प्रतिशतले बढेको छ ।
यस्तै, वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहका परिसूचक ओरालो लागेका छन् ।
सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ०।५० प्रतिशतले घटेको छ । सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट कम्पनी, रिडी पावर कम्पनी, वुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी तथा सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने एभरेष्ट कलर लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता, कामना सेवा विकास बैंकका डिवेञ्चरमा लगानीकर्ता, प्रभु बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर लिमिटेडको ५८ करोड १० लाख ८० हजार रुपैयाँ बराबरका सेयर कारोबार गरेर शीर्ष स्थानमा रहेकोछ ।



























