एकैदिन प्रतितोला ४ हजारले बढ्यो सुनको मूल्य, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।