विश्व बजारमा भूराजनितिक तनावका कारण मल आयातमा चुनौति,(G2G) मार्फत थप मल ल्याइदै

काठमाडौं । असार/साउन महिनामा रोपाइँको मुख्य मौसममा युरिया र डि.ए.पी. रासायनिक मलको माग बढेसँगै सरकारले मलको आपूर्ति सहज बनाउन थप आयात प्रक्रीया अगाडि बढाएको छ।

विश्व बजारमा आपूर्ति समस्या र पश्चिम एशियामा उत्पन्न भू-राजनितिक तनावका कारण मल आयातमा चुनौति देखिएपछि नेपाल सरकारले भारतसँगको सरकारी-सरकारी (G2G) व्यवस्था मार्फत थप मल ल्याउने तयारी गरेको थियो।

आ.व. 2082/083 मा मल पश्चिम एशियामा भएको राजनितिक तनावका कारण मल आउन कठिनाई रहेतापिन मन्त्रालय, कम्पनी र आपूर्ति कर्ताको प्रयास स्वरुप Global Tender बाट खरिद भएको डि.ए.पी. 30,000 मे.टन र युरीया 30,000 मे.टन गत आषाढमा नै कलकत्ता आईपुगेको।

त्यस पश्चात (G2G) बाट खरिद गरिएको 20,000 मे.टन डिएपी र Global Tender बाट खरीद गरिएको 30,000 मे.टन युरिया समेत साउनको पहिलो हप्तामा र अर्को 30,000 मे.टन युरिया श्रावणको दोश्रो हप्तामा कलकत्ता आईपुगेको छ।

उक्त मलखादहरु जहाजबाट अनलोडिङ, प्याकिङ/व्यगिङ हुदै ट्रक र रेलवे मार्फत नेपालमा प्राप्त भैरहेको छ । यसरी कलकत्तामा आइपुगेको मल मध्ये हालसम्म 4,950 मे.टन डि.ए.पी. र 700 मे.टन नेपाल भित्रीई सकेको छ भने डि.ए.पी. 2,500 मे.टनको एक र्याक र युरिया 2,500 मे.टनको एक र्याक कलकत्तामा लोड भई नेपाल तर्फ प्रस्थान भैई भोलिसम्म नेपाल आईपुग्ने अवस्था रहेको छ।

कलकत्तामा रहको बाँकी मल क्रमशः नेपालमा भित्रने क्रममा रहेको कम्पनीले जनाएको छ । साथै गत आ.व. मा कुल रासायनिक मल 3,86,004 मे.टन बिक्री भएको छ भने चालु आ.व. को श्रावण 12 गतेसम्म 18,917 मे.टन मल विक्री भएको छ।