आज राती देशका धेरै जिल्लाहरुमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । आज राती देशका धेरै जिल्लाहरुमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

आज राती बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक,दुई स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ ।

बर्षाको कारण नदी, खहरे खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह समेत गरेकोछ ।