डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के के छन ?
गेटा (शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने।
विश्वविद्यालयबाट चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थी भर्ना र पठनपाठनका बाँकी प्रक्रिया छिटो पूरा गर्ने।
विश्वविद्यालय सम्बन्धी कानुनी व्यवस्था संशोधन गरी पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय आवश्यक रूपमा परिमार्जन गर्ने।
चिकित्सा शिक्षा आयोग ले तोकेको मापदण्डअनुसार सिट निर्धारण गर्ने, निजी शिक्षण संस्थाको सिट नबढाउने र आवश्यक परे सरकारी संस्थाको सिट संख्या बढाउने।
सरकारी मेडिकल कलेजहरूलाई गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने विषयमा अध्ययन गरी तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने।
सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिक लाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा सहज पहुँच दिलाउन आवश्यक पूर्वाधार र सेवा विस्तारका लागि संघ–प्रदेशबीच समन्वय गर्ने।
२०८२ भदौ २३–२५ का घटनामा भएका हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कानुनअनुसार निष्पक्ष अनुसन्धान र कारबाही अघि बढाउने।
सहमतिको कार्यान्वयन अनुगमन गर्न शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित कार्यदल गठन गर्ने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजनमा अनुगमन समिति रहने।
आज ९२०८३ साउन ११० देखि प्रा.डा.गोविन्द केसीले सत्याग्रह अन्त्य गर्ने।






























