माइतीघर डुबानको कारण:पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि’

जल प्रवाह क्षेत्रमा अतिक्रमण’ र ‘प्राकृतिक रुपमा पानीको पुनर्भरण क्षेत्रको संकुचन’ 

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख नेतृत्वको अनुगमनपछि गठित प्राविधिक प्रतिवेदन टोलीबाट प्रतिवेदन पेश गरिएको छ।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ ।

माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ ।

यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ ।

यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा. पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ ।