देशका विभिन्न स्थानमा वर्षाको संँभावना,तराई एक,दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने

काठमाडौं । लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।

अस्ति बुधवारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ । मंगलवारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधवारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ ।

हाल काठमाडौं उपत्यकाका विभिन्न भागमा पानी परिरहेको छ ।