काठमाडौ । आज शेयरबजार परिसुचक नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएकोछ । बुधबार घटेको बजारमा बिहीबार भने नेप्से परिसूचक १४ दशमलव १७ अंकले बढेर २७ सय २६ दशमलव ७२ विन्दुमा थामिएको हो।
आज शेयरबजारमा ३३८ कम्पनीका सेयर कारोबार हुदा १४९ कम्पनीका सेयरमूल्य बृद्धि भएको छ भने ११५ कम्पनीका सेयरमूल्य घटेको छ ।
यस दिन १२ कम्पनीका शेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल १ करोड ५२ हजार ५०२ कित्ता सेयर ४ अर्ब ६७ करोड ६१ लाख ३४ हजार रुपैयाँमा खरीदविक्री भएको छ ।
यस दिन लगानी तथा अन्य समूहका परिसूचक मात्रै घटेका छ भने बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २ दशमलव ५८ प्रतिशतले बढेको छ ।
यस्तै, जलविद्युत १ दशमलव १२ प्रतिशत र होटेल तथा पर्यटन शून्य दशमलव ९९ प्रतिशतले बढेको छ । आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, स्नो रिभर्स लिमिटेड तथा एपोलो हाइड्रोपावर लिमिटेडका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने कुथेली बुकरी स्मल हाइड्रोपावर, बुङगल हाइड्रो तथा रिलायन्स स्पिनिङ मिल्स्का शेयरधनी रहेका छन् ।
यस दिन कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको २८ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरका शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएकोछ ।




























