शेयरबजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ । साताको चौथो दिन आज शेयरबजार परिसुचक नेप्से घटेकोछ । केहि दिन यता लगातारबढेको शेयरबजार आज भने ओरालो लागेको छ ।

बुधबार सेयरबजार परिसूचक नेप्से १३ दशमलव ९५ अंकले घटेर २ हजार ७१२ दशमलव ५४ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएकोमा ७७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त र उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २ दशमलव ६० प्रतिशतले घटेको छ ।

एभरेष्ट कलर लिमिटेड, बुङगल हाइड्रो लिमिटेड तथा साल्पा विकास बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एनसीसी डिवेञ्चर, नेपाल इन्भेष्मेन्ट बैंकका डिवेञ्चर तथा गार्डियन माइक्रो लाईफ इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

आज कारोबार रकमको आधारमा  रिडी पावर कम्पनी शीर्षस्थानमा रहेको छ । यस कम्पनीको ११ लाख ७ हजार ४४७ कित्ता सेयर ४२ करोड ३१ लाख रुपैयाँमा किनबेच नेपाल स्टक एक्सचेन्जले जनाएकोछ ।