काठमाडौं । अहिले दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद बैठक बस्ने भएकोछ। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषयवस्तु र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।




























