सोमबार सुनको मूल्यमा बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सोमबार प्रतितोला ६ सय रुपैयाले बृद्धि भएर प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ ।