काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।





























