आज सुनको मूल्यमा बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ साथै चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। त्यसै गरि चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ।