क्रेनको मद्दतले उठाइयो गगन थापाको निवास अगाडि छाडिएको गाडी

विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनामा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि छाडिएको गाडी प्रहरीले क्रेनको मद्दतले उठाईएकोछ । स्थानीयका अनुसार गाडी सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी बिहान ७स्३० देखी पार्किङ गरिएको थियो ।

यसैगरि विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनामा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको वताएको छ ।

महासंघले काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरेर आतंक सिर्जना गरिएको र पत्रकारलाई सञ्चारकर्ममा जान समेत अवरोध गरेको दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

आज बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार पार्किङ गरी छाडेर आवतजावतमा समेत अवरोध गरिएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ ।