nada long banner ad

रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६”

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (KVSC) तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा, नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) को मार्गदर्शनमा आयोजना हुन गइरहेको “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” सम्बन्धी पत्रकार सम्मेलन आज काठमाडौं बालुवाटार स्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना भएको छ।

“टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” प्रतियोगिता २०२६ जुलाई ११ र १२ (असार २७ र २८, २०८३) मा गेटवे एड्‌भेन्चर हब क्लाइम्बिङ सेन्टर, जगडोल-४, गोकर्णेश्वर, काठमाडौं मा आयोजना हुनेछ । Opening Ceremony बिहान २०२६ जुलाई ११ ७:०० बजे र Award Ceremony २०२६ जुलाई १२, दिनको ४ बजे हुनेछ।

कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीमा आयोजककाठमाडौं उपत्यका विशेष समिति (KVSC) तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ। नेपालमा ओलम्पिक विधाको रूपमा विकास भइरहेको क्लाइम्बिङ खेलको प्रवर्द्धन तथा प्रचारप्रसारमा सञ्चार क्षेत्रले पुऱ्याउँदै आएको महत्वपूर्ण योगदानप्रति आयोजक एसोसिएसन आभारी रहेको छौं।

यस अवसरमा आयोजक समितिले प्रतियोगिताको सफल आयोजनाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्नुहुने बागमती प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव श्री दीपक लामाज्यू प्रति विशेष हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। परिषद्‌को संस्थागत सहयोग तथा खेलकुद विकासप्रतिको प्रतिबद्धताले बागमती प्रदेशमा क्लाइ‌म्बिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ।

आयोजक समितिले प्रतियोगिताको सफलताका लागि सहयोग, सहकार्य तथा विश्वास व्यक्त गर्ने सम्पूर्ण प्रायोजक, साझेदार, सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन, तथा युवा पुस्तालाई साहसिक तथा स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नु हो।

प्रतियोगिताका विधाहरू मा १. टप रोप क्लाइम्बिङ (Top Rope Climbing) २. लिड क्लाइम्बिङ (Lead Climbing) पुरुष तथा महिला दुबैले भागलिन पाउनेछन्। जसमा दर्ता शुल्कः रु. ५०० र २,५०० यसमा भागलिनकाे लागि नेपाली नागरिक हुनुपर्ने र उमेर १७ वर्ष वा सोभन्दा माथि हुनुपर्ने साथै कार्यक्रममा सहभागिता काेलागि विशेष व्यवस्था अनुसार कुनै क्लाइम्बिङ वाल, क्लाइम्बिङ क्लब वा सम्बन्धित क्लाइम्बिङ संघको सिफारिस पत्र तथा प्रशिक्षक (Coach) को नाम र सम्पर्क विवरण पेश गर्ने खेलाडीहरूको दर्ता शुल्कः रु. ५०० गरिनेछ ।

बिजेताहरुलाई निम्न पुरस्कार राशिकाे ब्यबस्था गरेको छ

टप रोप क्लाइम्बिङ प्रथमः रु. १०,०००, द्वितीयः रु. ८,०००, तृतीयः रु. ५,०००, लिड क्लाइ‌म्बिङमा प्रथमः रु. ५०,०००, द्वितीयः रु. ३०,०००, तृतीयः रु. २०,००० साथै आयोजकबाट विशेष पुरस्कार‌ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना खेलाडीहरूलाई आयोजकद्वारा विशेष प्रतिभा पुरस्कार (Special Appearance Awards) प्रदान गरिनेछ। पुरस्कारको स्वरूप प्रतियोगिताको क्रममा घोषणा गरिनेछ।