सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलिले अबैध तरिकाबाट ल्याएको विद्युतीय चिरोट भेप सहित एक जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं। ४ बस्ने वर्ष ३६ को राम कुमार श्रेष्ठ रहेको छ।
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं। ३ खाग्दल स्थितमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तातोपानीबाट बाह्रबिसेतर्फ आउदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रूपमा ल्याउदै गरेको विभिन्न ब्राण्डका भेप ९विद्युतीय चुरोट० ७ हजार ७ सय थान नियन्त्रणमा लिइएको हो।
प्रहरीले श्रेष्ठको साथबाट भेप ९विद्युतिय चुरोट० ७ हजार ७ सय थान अनुमानित बजार मूल्य अन्दाजी रु। २ करोड ६९ लाख ५० हजार रहेको छ।
प्रदेश ०३(०१(०२४ च ९२१९ नम्बरको बोलेरो गाडी साथै रु। १५ लाख रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका ध्रेष्ठलाइ थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रवक्ता तथा सूचना अधिकारी जेसी शाहले जानकारी गराउनु भयो।




























