दोहोरो अंकले घट्यो  नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौ । साताको पहिलो दिन आज सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २० दशमलव २७ अंकले घटेर २ हजार ७ सय ३५ दशमलव १४ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार हुदा ४१ कम्पनीका सेयरमूल्य बृद्धि भएकोछ भने २२३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ९२ लाख १९ हजार ९२२ कित्ता सेयर ४ अर्ब ७ करोड ४७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज वित्त समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । अरु बाँकी सबै समूहका परिसूचक नकारात्मक देखिएका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १ दशमलव ७७ प्रतिशतले घटेको छ । आज कालिञ्चोक हाइड्रोपावर लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स तथा सोपान फर्मास्युटिकल्स् लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड तथा सानीमा बैंक लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।