काठमाडौँ – सरकारले चिकित्सा तथा नर्सिङ अध्ययनका लागि उल्लेख्य रूपमा कोटा बढाउने भएको छ।
आर्थिक वर्ष २०८३।०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्ताराष्ट्रिय विद्यार्थीहरूलाई पढ्नका लागि व्यवस्थापन मिलाउने बताएका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहेका छन्।























