काठमाडौं । आज सुन तथा चाँदीको मूल्य घटेकोछ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




























