नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला सरोज निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महासंघको सातौं महाधिवेशनबाट उनी फराकिलो मतान्तरसहित अध्यक्ष निर्वाचित भएका हुन् ।

सिटौलाले १ हजार ३० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी हरिशरण केसीको पक्षमा ४ सय ६४ मत खसेको छ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन् ।
त्यसैगरि केन्द्रिय महासचिब पदमा डेकनाथ गौतम र उपमहासचिब मा देबिन श्रेष्ठ बिजय भएका छन् ।