अब हुने छ, किसानलाई मलको वितरण सहज, मन्त्री चौधरीले ल्याइन कार्याविधि

काठमाडौँ । किसानलाई रासायनिक मल सहज पहुँच पुर्याउन कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कार्याविधि ल्याउनुभएको छ ।
वैशाख १६ गते ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ दोस्रो संशोधन स्वीकृत मन्त्री चौधरीले गर्नुभएको हो ।
यो कार्यविधि मार्फत अब किसानलाई सहजरुपमा रासायनिक मल उपलब्ध हुनेछ । उक्त कार्यविधि अनुसार मलको आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा प्रभावकारी हुनेछ ।
उक्त कार्याविधि कार्यान्वयनमा ल्याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै खाद्य सुरक्षा सुदृढ गर्दै देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने मन्त्री चौधरीको विश्वास छ ।