राष्ट्रपति पौडेलले गरे संसद् अधिवेशन स्थगन

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गर्नुभएको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बैठक स्थगित गरिएको राष्ट्रपति कार्यलयले जनाएको छ।

वैशाख ८ को मन्त्रिपरिषद्को‍ सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को‍ दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गर्नुभएको थियो ।