काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा किसानले सिधै बजार पाउने भएका छन् ।
बजारमा कृषकहरुको सिधा पहुँच गराई बजारको तह कम गरि कृषकले आफ्नो उत्पादनको राम्रो मुल्य प्राप्तिका लागि किसान सेड अनिवार्य रुपमा ब्यवस्थीत गर्नु पर्ने देखिएकाले कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका, २०७३ संघ अन्तर्गत संचालित ११ वटा कृषि थोक बंजारहरुका साथै कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समिति तथा स्थानिय तहमा संचालित हाटबजारहरुमा फार्मस सेड (बिक्रि स्थल) को संरचना भए/नभएको, संरचना भए, संचालनमा रहे/नरहेको संचालनमा नरहेको भए यथासक्य छिटो संचालन तथा ब्यवस्थापन गरि स्वदेशी उत्पादन, स्थानिय/रैथाने/व्यवसायीक उपजहरु– नेपाली किसान मार्फत विक्रिको व्यवस्थाका साथै कम्तिमा थोक बजारमा १० प्रतिशत स्टलहरु ( समुह/सहकारी) मार्फत, अनिवार्य किसान सेड र स्थानिय हाट बजारमा ५० प्रतिशत क्षेत्र स्थानिय उत्पादनलाई नै उपलब्ध गराई विक्रि वितरणको प्रवन्ध मिलाउन मगलबार मन्त्रीस्तरीय निर्णय गरिएको छ ।


























