काठमाडौं । “मोहीको विश्वास, स्वास्थ्यको विकास स् घरघरमा फैलाऔं अभियानको प्रयास“ भन्ने नारा सहित नेपाल डेरी एसोसिएसनले दोस्रो राष्ट्रिय मोही दिवस चैत्र २८ गते मनाउने भएकोछ ।
नेपाली मौलिक संस्कृति, परम्परा र स्वास्थ्यसँग अभिन्न रूपले जोडिएको “मोही“ केवल एउटा पेय पदार्थ मात्र नभई पहिचान पनि हो।
नेपाल डेरी एसोसिएसनले विगत लामो समयदेखि स्वदेशी दुग्ध पदार्थको उपभोग बढाउन र विदेशी महँगा एवं स्वास्थ्यका लागि हानिकारक पेय पदार्थको विकल्पमा मोहीलाई प्रबद्र्धन गर्दै आएको कुरा विज्ञप्ति मार्फत जनाएकोछ ।
विगतका वर्षहरूमा विद्यालय, अस्पताल र सार्वजनिक स्थलहरूमा निःशुल्क मोही वितरण गर्ने र दरबारमार्गको ओरियन्ट क्याफेमा ८५ हप्ताभन्दा बढी निरन्तर ठेकीको मोही पिलाउने अभियानले आम जनमानसको मोहीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको र हिजोका दिनमा गुपचुप खाइने मोही आज सार्वजनिक स्थलमा शानका साथ पिउने र गौरव गर्ने अवस्थामा पुगेको छ ।
यसै सन्दर्भमा, २०८१ चैत २८ गते “नियमित मोही सेवन, स्वस्थ र फूर्तिलो जीवन“ भन्ने नाराका साथ मनाइएको पहिलो राष्ट्रिय मोही दिवसको सफलतासँगै यस वर्ष २०८२ का लागि “मोहीको विश्वास, स्वास्थ्यको विश्वास स् घरघरमा फैलाऔं अभियानको प्रयास“ भन्ने नयाँ संकल्पका साथ यस अभियानलाई थप व्यापक बनाउन नेपाल डेरी एसोसिएसन सम्पूर्ण सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छ । यस २०८२ चैत २८ गते भब्य रुपमा दोस्रो राष्ट्रिय मोही दिवस मनाउँदै गर्दा हामी यस वर्ष नयाँ मार्गचित्र,संकल्पका साथ सम्पूर्ण आम उपभोक्ता समक्ष देहाय बमोजिमका आह्वान गर्न चाहान्छौं । विज्ञप्तिमा भनिएकोछ । मोही दिवसको अवसरमा नेपाल डेरी एसोसिएनले महानगरीय ट्राफिक कार्यालय,सातदोबाटो,ललितपुर तथा उपत्यकाका विभिन्न स्थानहरूमा निशुल्क मोही वितरण गर्ने समेत जनाएकोछ ।
मुख्य प्राथमिकता र ध्यानाकर्षणः –
१। संस्थागत खपतमा अनिवार्य मोही
नेपाल सरकारका सम्पूर्ण मन्त्रालय, विभाग, र स्थानीय तहका औपचारिक बैठक तथा कार्यक्रममा अब उप्रान्त कृत्रिम र आयातित पेय पदार्थको सट्टा मोही वा लस्सीलाई स्वागत पेय ९ध्भअियmभ म्चष्लप० को रूपमा अनिवार्य गर्न हामी जोडदार माग गर्दछौं।
२। “मोही–ब्रेक“ को अवधारणा
शिक्षण संस्था, कर्पोरेट कार्यालय र अस्पतालहरूमा चिया वा कफीको विकल्पमा ’मोही–ब्रेक’ को संस्कृति विकास गर्न आह्वान गरिन्छ। जसले गर्दा बालबालिका र कर्मचारीको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सकियोस्।
३। बजारीकरण र व्यावसायिकता
हाल बजारमा दैनिक २५ हजार लिटर मोही प्याकेजिङ भएर खपत भइरहेकोमा यसलाई आगामी वर्षभित्र दोब्बर बनाउने लक्ष्य राखिएको छ। यसका लागि डेरी उद्योगहरूलाई मोहीको लेबलिङ र ब्रान्डिङमा सहुलियत दिन सरकारसँग अपिल गर्दछौं।
४। स्वदेशी अर्थतन्त्रमा योगदान
विदेशी पेय पदार्थको आयातमा बाहिरिने अर्बौं रुपैयाँ रोक्न र ग्रामीण किसानहरूको दूधको उचित मूल्य सुनिश्चित गर्न मोहीको व्यावसायिकता नै प्रमुख आधार हो।
हाम्रा प्रमुख माग तथा आह्वानहरू ः–
क० सरकारी नीतिमा प्राथमिकता
नेपाल सरकारका तीनै तहका सरकारले आफ्ना सार्वजनिक कार्यक्रम, बैठक र भोजहरूमा विदेशी सफ्ट ड्रिंक्सको सट्टा अनिवार्य रूपमा ’मोही’ वा दुग्धजन्य पेय पदार्थको प्रयोग गर्नुपर्ने नीति बनाउनु पर्दछ।
ख० पालिकास्तरमा अभियान
चितवनको इच्छाकामना र काभ्रेको मण्डन देउपुर जस्ता पालिकाहरूको सिको गर्दै देशैभरका ७५३ वटै स्थानीय तहले मोहीको ब्रान्डिङ र उपभोगलाई प्रोत्साहन गर्नुपर्दछ।
शिक्षण संस्था र अस्पतालमा प्रोत्साहनः बालबालिकाको विकासका लागि आवश्यक क्याल्सियम र प्रोबायोटिक्सको मुख्य स्रोत मोही भएकाले विद्यालयका क्यान्टिनहरूमा कृत्रिम पेय विस्थापित गरी मोहीलाई स्थान दिनुपर्दछ।
ग० बजारीकरण र लेबलिङ
हाल देशभरका झण्डै दुई दर्जन उद्योगले प्याकेजिङ्ग मोही बजारमा ल्याए पनि यसलाई अझै व्यापक बनाई सुपरमार्केटदेखि होटल–क्याफे सम्म सहजै पु¥याउन आवश्यक लगानी र सहुलियतको व्यवस्था गरिनुपर्दछ।
मोही किन पिउने रु
१। स्वास्थ्यका लागिः मोहीमा क्याल्सियम, प्रोटिन, र ल्याक्टिक एसिड प्रशस्त हुन्छ, जसले पाचन प्रणाली सुधार्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
२। आर्थिक समृद्धिका लागिः मोहीको उपभोग बढ्दा किसानको दूधले उचित बजार पाउँछ र अर्बौं रुपैयाँ विदेशी पेय पदार्थ आयातमा बाहिरिनबाट जोगिन्छ।
३। मौलिकता संरक्षणः ठेकी र मदानीको हाम्रो परम्परागत संस्कृतिलाई जीवन्त राख्न मोही अभियान अनिवार्य छ।
अन्त्यमा, यस २०८२ सालको चैत २८ गते दोस्रो राष्ट्रिय मोही दिवसलाई भव्य बनाउन र घरघरमा मोही पु¥याउने अभियानमा सहयोग पु¥याउनु हुन सम्पूर्ण नागरिक समाज र सरोकारवालाहरूलाई हार्दिक अपिल गर्दछौं।
“स्वदेशी उत्पादनको उपभोग गरौं, आत्मनिर्भर अर्थतन्त्रमा टेवा पु¥याऔं।“
राष्ट्रिय मोही दिवस २०८२ को अवसरमा आयोजना हुने कार्यक्रम सम्बन्धी जानकारी ः–
क्र।स। कार्यक्रमको विवरण मिति÷समय स्थान
१ निशुल्क मोही वितरण २०८२ चैत २८ गते
विहान १०ः४५ महानगरीय ट्रफिक कार्यालय, सातदोबाटो, ललितपुर हुँदै उपत्यकाका विभिन्न स्थानमा
२ प्रेस मिट÷कार्यक्रम समापन २०८२ चैत २८ गते
दिनको २ः३० नेपाल डेरी एसोसिएसनको कार्यालय,


























