पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न सर्वोच्च अदालतद्धारा अस्वीकार

लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न गृह मन्त्रालय र प्रहरीलाई आदेश

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई छाड्न अस्विकार गरेको हो। अदालतले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले शनिबार बिहान पक्राउ गरेको थियो।

उनलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनी स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।


यस्तै सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । लेखककी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पूर्ण आदेश आउन बाँकी छ ।