नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्धारा नियन्त्रणमा

नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।

त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।