काठमाडौं । युवा उधोगी तथा व्यवसायी पवन कटवाल सम्मानित भएका छन् । नेपाल व्यापार संघको ३३ औ साधारणसभा तथा १७ औ अधिवेशनबाट युवा व्यवसायी पूर्वली सुज उद्योगका प्रोपाइटर तथा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका सचिव कटवाल सम्मानित भएका हुन् ।
सिभिल इन्जिनियर अध्यन गरेका कटवाल मुलुकमा केही छैन भन्नेहरूका लागि उदाहरण बनेका छन् । २७ बर्षिय पवन अहिले पूर्वेली सुजमार्फत ३५ जना भन्दा बढीलाई रोजगारी समेत प्रदान गरेका छन् ।
स्वदेशमा बसेर मूलुकमा रोजगार सिर्जना गर्दै विदेश जाने लहडलाई चिर्दे नेपालमै बसेर केहि गर्छू भनेर सपना देखेका पवन युवा पुस्ताको लागि उहाहरणीय हुन् ।
कामको लागि बिदेश नजाने प्रण गरेका यी युवा भन्छन स्वदेशमै धेरै कुराहरू छ स्वदेश मा कमायर बिदेश सानका साथ घुम्न जाने बताउछन् ।


























