प्रकाशित मिति आइतबार, चैत्र ८ २०८२
काठमाडौं ( शनिबार नेपाल व्यापार संघ को ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशन चैत्र ७ गते राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संघका अध्यक्ष हरि बहादुर गौतमको सभापतित्वमा, प्रमुख अतिथि नेपाल चेमबर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल, विशिष्ट अतिथिहरू, अतिथिहरू, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष,हरु प्रतिष्ठित व्याक्तित्वहरुको आतिथ्यमा कार्यक्रम भव्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमलाई दुई भागमा विभाजन गरेर गरिएको थियो । खुल्ला शत्र सकिए लगतै बन्दशत्रवाट सर्वसहमतीले गिरीराज पोखरेलको नेतृत्वमा ९७ सदसीय कार्यसमिति चयन भएको छ । उक्त समितिका पदाधिकारीहरुको नामावली यस प्रकार छ ।
अध्यक्ष गिरिराज पोखरेल
वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा
प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट
द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा
महिला उपाध्यक्षमा लक्ष्मी कुमारी बराल र पदमा वराल
काठमाडौ उपत्यका उपाध्यक्षमा प्रकाश श्रेष्ठ
काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ
सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।

सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्।
सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा चयन भएका छन् ।

त्यसैगरि सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्।

नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष हरि बहादुर गौतमले जानकारी दिएका हुन् ।
कार्यक्रमको मुख्य उद्देश्य युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै स्वदेशमै लगानी र रोजगारीका अवसर सिर्जना गर्ने रहेको बताइएको छ। वक्ताहरूले युवाहरूलाई विदेशिनु पर्ने बाध्यता अन्त्य गर्दै नेपालमै केही गरौं भन्ने वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल व्यापार महासंघ का पदाधिकारीहरू तथा संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।



























