काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना न्यौपानेको जित

१५ हजार ४५५ मत पाएर जित हासिल

प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना न्यौपानेले खाता खोलेकी हुन् ।

उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् ।

६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो ।

१७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकी थिइन् ।