संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील छ। संवत २०८२ साल भदाै २३ र २४ गतेको आन्दोलनपछि विशेष परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा फागुन २१ गते बिहान ७ः ०० बजेदेखि साँझ ५ः ०० बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पठाइसकिएको छ। मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्था, लैङ्गिक/अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेका छन् ।
मतदाताले नियमितरूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति मिलाइएको छ।
























