काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिने क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश पोष्ट गर्दै प्रधानमन्त्री कार्कीले दुःख व्यक्त गर्नुभएको हो ।
थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। नेपाली सिने क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाज्यूको असामयिक निधनको खबरले म मर्माहत भएकी छु। उहाँको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको छ ।
चिनो राते काइँलादेखि मेरी कोमका प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भए। उहाँका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहनेछन् । प्रधानमन्त्रीको विज्ञप्तीमा भनिएकोछ । उहाको चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ।
यस दुःखद् घडीमा म दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछु भन्र सम्बोधन गरिएकोछ ।
























