nada long banner ad

दीपक कुमार शाहले लिए उद्योग मन्त्रीको शपथ

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई मन्त्री पदमा नियुक्त

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

नियुक्तिपछि साहले बिहीबार नै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअघि मन्त्री रहेकी गौरीकुमारी यादवले आफ्ना अभिव्यक्तिका कारण विवादमा परेपछि पदबाट राजीनामा दिएकी थिइन्।

उनको राजीनामापछि प्रधानमन्त्री शाहले सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।