काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४५ लाख १४ हजार ३८१।६० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले अघिल्लो वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरेको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।



























