इप्पानमा चुनावी माहोल: वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव खतिवडासहितको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा आगामी नेतृत्वका चयनका लागि चुनावी माहोल सुरु भएको छ ।

इप्पानमा आगामी नेतृत्व गर्नका लागि भन्दै वर्तमान महासचिव बलराम खतिवडाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । साथै उनले आफ्नो नेतृत्वमा २३ सदस्यीय प्यानल घोषणा गरेका छन् ।

शुक्रबार हुने २४औँ वार्षिक साधारणसभा तथा निर्वाचनले आगामी नेतृत्व चयन गर्ने छ ।

खतिवडाको प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष भरतबहादुर खत्री पुन: सोही पदामा दोहोरिने भएका छन् ।

अन्य उपाध्यक्षहरुमा भरतप्रसाद नेपाल, कुमार खरेल र दीपक पौडेल रहेका छन् । यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का रहेकी छिन् ।

यस्तै इप्पानमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाललेमहासचिवको उम्मेदवार बनेका छन् । यो प्यानलले उपमहासचिव भने खाली राखेको छ ।

पाँच सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । वर्तमान कार्यसमिति सदस्य मिथुन पौडेल कोषाध्यक्षमा रहेका छन् ।

यस्तै सदस्यहरुमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैर, इन्दिरा पन्त र प्रदीप ओली उम्मेदवार रहेका छन् ।

यता उत्तम भ्लोन लामाको समूहले पनि प्यानल घोषणा गरिसकेको छ । लामा र खतिवडा समूहबीच निर्वाचन हुने देखिएको छ । इप्पानको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने छ । हाल बरिष्ठ उपाध्यक्षमा मोहन डाँगी रहेका छन ।