नाडा ग्रीन ड्राइभ २०२६ य्रालि सम्पन्न

काठमाडौं ।  विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” ¥याली कार्यक्रम सम्पन्न गरेको छ।

AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH / Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सबारी साधनहरुको सहभागितामा ¥याली सम्पन्न भएको थियो। नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल – पुल्चोकस्थित द प्लाजामा सो ¥यालिको समापन गरिएको थियो।

उक्त ¥यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो।

सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गर्नु भएको थियो भने ¥यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गर्नु भएको थियो।

“नाडा ग्रीन ड्राइभ २०२६” ¥याली कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउनु हुने नाडाका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ।