नेपाल सुटिङ संघको आयोजनामा जेष्ठ २३ – २५ गते (जुन ६ –८ २०२६) २६ औ महिला र २७ औ पुरुष राष्ट्रिय सुटिङ हुने भएको छ । च्याम्पियनसीप सातदोबाटोमा जेठ २३ गतेदेखि सुरु हुने भएको छ ।

तीन दिन चल्ने च्याम्पियनसिपमा सात प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता हुनेछ । च्याम्पियनसिपमा ८० खेलाडी र अफिसियल गरी ११० जनाको सहभागी हुने नेपाल सुटिङ संघकाे उपाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठ जानकारी दिनु भयो ।