काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (NARF) ले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिता “रामारोशन स्काई रन २०२६” आयोजना गर्ने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा असार ३, २०८३ (१७ जुन २०२६) मा सञ्चालन हुनेछ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । कार्यक्रमको उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन तथा स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ ।

* वाह्न वण्ड अठा र खण्ड’ का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटर देखि ३,८५० मिटरसम्म फैलिएको छ । हिमाली ताल, विशाल पाटन, घना वन तथा मनोरम हिम शृङ्खलाबीच सञ्चालन हुने यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिता अन्तर्गत २८ कि लो मिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ भने स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्ष मुनिका लागि ५ किलो मिटर सामुदायिक दौड समेत आयोजना गरिनेछ ।

२८ किलो मिटरको स्काई रनिङ मार्ग (२१५० मिटर) रामेखण्डबाटसुरु भई जिइंगले ताल, लामादह ताल, रोशन पाटन, चांखाटप ( ३८२० मिटर) तथा किनिमिनीपाटन लगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्ड मै समाप्त हुनेछ । मार्ग भर धा वकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा अधिकतम १०० जना सहभागीहरूलाई मात्र सहभागिताको अवसर प्रदान गरिनेछ। दर्ता २ जुन २०२६ (जेठ १९, २०८३) देखि खुलाहुने छ । दर्ता शुल्क रु. २,५०० प्रति सहभागी तोकिएकोछ भने स्थानीय सहभागीहरूका लागि दर्ता निः शुल्क रहनेछ । साथै दर्ता गर्ने पहिलो ३० जना सहभागीहरूलाई काठमाडौं- रामारोशन-काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गरा इनेछ । दर्ता भएका सबै सहभागीहरूलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावत यातायात सुविधा उपलब्ध गराइनेछ । सबै सहभागीहरूले सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन् भने २८ कि लो मि टर मुख्य दौ ड पूरा गर्ने धा वकहरूलाई फिनिशर मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि रु. ७,५२,००० रहेको छ । २८ किलो मिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने धावकहरूले क्रमशः रु. १,००,०००, रु. ७५,००० र रु. ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, पुरुष तथा महिला दुवै विधाका शीर्षकमा १० स्थान प्राप्त गर्ने धावकहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रापतीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ किलो मिटर सामुदायिक दौड अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, रु. १५,००० र रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विजेताहरूलाई टफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
“रामारोशन स्काई रन २०२६ केवल एक खेलकद प्रतियोगिता मात्र नभई सदरपश्चिम नेपालको प्राकतिक सम्पदा, स्थानीय संस्कृति, साहसिक पर्यटन तथा ग्रामीण अर्थतन्त्रको प्रवर्द्धन गर्ने महत्वपर्ण अभियानका रूपमा लिइएको छ । यस प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, अन्तर्राष्ट्रिय खेल पर्यटनको विस्तार तथा रामारोशन क्षेत्रलाई विश्व स्तरको साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदा नपत्याउने विश्वास हामी आयोजकले लिएको छ।




























