काठमाडौं । सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायि महासघले जनाएको छ ।




























