काठमाण्डौ । बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ बुधबार तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।
बुधबार सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ ।


























