काठमाडौं इङिलस स्कुल नक्सालमा दुग्ध प्रवद्र्धन कार्यक्रम

देशभर दुग्ध प्रवद्र्धनमा एसोसिएसनको भूमिका अग्रणी

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विद्यार्थी तथा शिक्षकहरुलाई दूधपान गराएकोे छ ।

काठमाडौं इङिलस स्कुल नक्सालमा दूध तथा दुग्ध पदार्थ प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुधबार एक कार्यक्रमबीच दूधपान गराएको हो ।

विद्यालयमा रहेका ५ सय विद्यार्थी र ५० भन्दा बढी शिक्षक तथा कर्मचारीलाई दूधपान गराइएको एसोसिएसनका बागमती प्रदेश सचिव श्यामकुमार घिमिरेले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले दूध तथा दुग्ध पदार्थको महत्वका बारेमा जानकारी गराएका थिए ।

स्कुलका प्रिन्सिपल दिनेश खतिवडाले यसरी विद्यालयमा दूध तथा दुग्ध पदार्थको महत्व विद्यार्थीलाई बुझाउने अवसर पाउँदा खुसी लागेको बताए ।

‘स्कुल भित्र रहेका क्यान्टिन लगायत हरेक गतिविधिमा दुग्ध पदार्थलाई प्राथमिकता दिने गरेका छौं,’ उनले भने, ‘कार्यक्रमले दूधको प्रयोग बढाउन अझै प्रेरणा मिलेको छ ।’

कार्यक्रममा अध्यक्ष ईश्वर पुडासैनी, एसोसिएसनका बागमती प्रदेश कुलप्रसाद धमला लगायतको उपस्थिति थियो ।

यस अगाडि पनि नेपाल डेरी एसोसिएसनले समय समय दूध प्रवद्र्धनका लागि विविध कार्यक्रम गर्दै आइरहेको छ ।

एसोसिएसनले मोही अभियानसमेत सञ्चालन गरिरहेको छ । देशभर दुग्ध प्रवद्र्धनमा एसोसिएसनको भूमिका अग्रणी रहेको एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।